बाँकेमा दुई महिलासहित तीन जनाले कोरोना जिते

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०७७, बुधबार

नेपालगन्ज २१, साउन ।
बाँकेमा थप तीन जनाले कोरोना भाइरस संक्रमण जितेर बुधवार डिस्चार्ज भएका छन् । त्यसमा दुई महिला छन् । नेपालगन्ज उपमहानगरपालिका १८ का २६ बर्षिया महिला र राप्तीसोनारी गाउँपालिका ८ की ३६ बर्षीया महिला र अर्का राप्तीसोनारी २ का २० बर्षीय पुरुष छन् ।

दुई महिला सुशील कोइराला कोइराला क्यान्सर अस्पताल खजुराबाट र पुरुष भने आर्दशनगर आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा कुल संक्रमितको संख्या ४ सय ७० पुग्दा निको भएर घर फर्किनेको संख्या ३ सय ९४ पुगेको छ । अहिले बाँकेका ७४ जना विभिन्न आइसोलेसनमा छन् । बर्दिया, दैलेख, जुम्ला र प्युठानका ४ जना विरामी पनि आइसोलेसनमा छन् ।

  • २१ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech