सार्क देशमा कोरोना अवस्थाः भारत सबैभन्दा बढी प्रभावित, भुटान कम

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७७, मंगलवार

नेपालगन्ज १६ बैशाख ।
सार्क देशहरुमा कोरोना अवस्थाबारे चर्चा गर्दा भारत सबैभन्दा बढी प्रभावित हुँदा भुटानमा कोरोनाको प्रभाव सबैभन्दा कम छ । तर नेपालमा संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्। भारतमा सोमवार एकैदिन १ हजार ५ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ। मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ। ७ हजार १ सय ३७ जना मानिस निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा एकै दिनमा ५ सय भन्दा बढी मानिस संक्रमित थपिएको तथ्यांक छ। सोमबार पाकिस्तानमा ११ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १३ हजार ९ सय १५ पुगेको छ। २ सय ९२ जना मानिसको मृत्यु भइसकेको छ। ३ हजार २९ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्। बंगालादेशमा सोमबार ४ सय ९७ जना मानिस संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ५ हजार ९ सय १३ पुगेको छ। १ सय ५२ जनाको मृत्यु भइसकेको छ। १ सय ३१ जना मानिसलाई निको भइसकेको छ। अफ्गानिस्तानमा सोमबार १ सय ७२ जना नयाँ बिरामी भेटिएका छन् भने ७ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ७ सय ३ पुगेको छ। ५७ जनाको मृत्यु भइसकेको छ। २ सय २० जना निको भइसकेका छन्।

श्रीलंकामा सोमबार ६५ जना मानिस संक्रमित भएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ५ सय ८८ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय २६ जना मानिस उपचारपछि घर फर्किसकेका छन्। माल्दिभ्समा सोमबार १२ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या २ सय २६ पुगेको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्। भुटानमा ७ जना संक्रमित भएका छन्। ४ जना निको भएर घर फर्किसकेका छन्।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech