कोरोना अपडेटः कैदीबन्दी, प्रहरीसहित १४ जनामा संक्रमण

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७७, मंगलवार

नेपालगन्ज २०, साउन ।

नेपालगन्ज कारागारका कैदीबन्दीसँगै कारागार सुरक्षार्थ खटिने प्रहरीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा मंगलवार थप सात जना कैदीबन्दी, ६ जना प्रहरीसहित १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

उक्त कारागारबाट तीन दिनअघि कारागारका जेलरसहित, कैदीबन्दी र त्यहाँ खटिएका प्रहरीगरी ३२ जनाको थ्रोट स्वाब लिइएको थियो । त्यसमध्येमा १४ जनामा भाइरस पुष्टि भएको हो । एकजना कैदी भने लमही दाङका हुन् ।

यसअघि पनि नेपालगन्ज कारागारमा एकजना कैदीबन्दीमा भाइरस देखिएको थियो । यद्यपी उनी निको भएर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा ३०५ जनाको पिसिआर परीक्षण गर्दा १४ जनामा भाइरस देखिएको भेरी अस्पतालले जनाएको छ ।

  • २० श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech