थप २५९ जनामा कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७७, मंगलवार

काठमाडौं २०, साउन ।

पछिल्लो २४ घण्टामा नेपालमा २५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५९ कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो । योसँगै कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ ।

देशैभर कोरोना सक्रिय संक्रमितको संख्या पाँच हजार ९२५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना निको भएर घर फर्किएका छन् । कुल कोरोना निको हुनेको संख्या १५ हजार २६ जना पुगेका उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा सात हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

  • २० श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech