बाँकेमा शनिवारसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७७, मंगलवार

तस्विरः काँचुली अनलाइनबाट

नेपालगन्ज २०, साउन ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएको आंशकामा बाँके प्रशासनले शनिवारराती देखि लगाएको निषेधाज्ञा थप लम्व्याउने निर्णय गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले शनिवारराती १२ बजेसम्म निषेधाज्ञालाई कायमै राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

यसअघि जारी गरिएको निषेधाज्ञाको समय सीमा आज मंगलवार सकिदै थियो । तर जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले निषेधाज्ञाको पूर्ण पालना गरी भाइरस संक्रमणको जोखिम कम गराउने कार्यमा सहयोग पुर्याउन सबैलाई आग्रह गर्नुभएको छ ।

बाँकेमा अहिले कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । जिल्लाका सरकारी कार्यालयदेखि मिठाई पसल र मार्वल पसलका व्यक्तिहरुमा समेत भाइरस संक्रमण देखिएपछि समुदायस्तरमै फैलिएको आंशका गरिएको छ ।

  • २० श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech