अख्तियारका थप १५ कर्मचारीमा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७७, मंगलवार

काठमाडौं २०, साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका १५ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।

आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियारले जनाएको छ । त्यसअघि शुक्रबार एक सुरक्षाकर्मीमा संक्रमण देखिएपछि थप कर्मचारी तथा सुरक्षाकर्मीको स्वाब संकलन भएको हो ।

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्टयाक्ट ट्रेसिङ सुरु गरिएको अख्तियारले जनाएको छ।

संक्रमित मध्ये अख्तियारमा खटिएका १५ जना सुरक्षाकर्मी र एकजना ड्राइभर रहेको अख्तियारका सञ्चारविज्ञ शरद अधिकारीले जानकारी दिनुभयो ।

  • २० श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech