कोरोना अपडेट : संक्रमितको संख्या ३० लाख ४० हजार

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७७, मंगलवार

एजेन्सी १६ बैशाख ।
नेपाली समय अनुसार मंगलबार बिहान साढे ७ बजे सम्ममा विश्वभरमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० लाख ४० हजार नाघेको छ। विश्वमा ३० लाख ४० हजार ७ सय ९ जना मानिस संक्रमित भएको तथ्यांक छ।

अमेरिकामा ९ लाख ८७ हजार ४ सय ६७, स्पेनमा २ लाख २९ हजार ४ सय २२, इटालीमा १ लाख ९९ हजार ४ सय १४, फ्रान्समा १ लाख ६५ हजार ९ सय ६२, जर्मनीमा १ लाख ५८ हजार ४ सय ३४, युकेमा १ लाख ५८ हजार ३ सय ४८, टर्कीमा १ लाख १२ हजार २ सय ६१ जना संक्रमित भएका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक हेर्ने हो भने २ लाख ११ हजार ९९ जना मानिसको मृत्यु भइसकेको छ। अमेरिकामा ५६ हजार ७ सय ९८, इटालीमा २६ हजार ९ सय ७७, स्पेनमा २३ हजार ५ सय २१, फ्रान्समा २३ हजार २ सय ९३, युकेमा २१ हजार ९२ जना मानिसको मृत्यु भइसकेको छ। विश्वभर ८ लाख ९३ हजार ८ सय ७२ जना मानिस निको भएर घर फर्किसकेका छन्।

स्पेनमा १ लाख २० हजार ८ सय ३२, जर्मनीमा १ लाख १४ हजार ५ सय, अमेरिकामा १ लाख ११ हजार १ सय ९७, चीनमा ७८ हजार ३ सय ६८, इरानमा ७० हजार ९ सय ३३, इटालीमा ६६ हजार ६ सय २४, फ्रान्समा ४६ हजार २ सय ९३ जना मानिस निको भएर घर फर्किसकेका छन्।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech