बाँकेमा थप तीन जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७७, मंगलवार

नेपालगन्ज २०, साउन ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त भएर मंगलवार तीनजना डिस्चार्ज हुँदै छन् । ती सबै खजुरा गाउँपालिका २ का पुरुष हुन् । नेपालगन्ज आर्दशनगर र सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट उनीहरु डिस्चार्ज हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मंगलवार डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरसबाट मुक्त भएर घर फर्किनेको संख्या ३ सय ९१ पुगेको छ । बाँकेमा कूल संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । ती मध्ये अहिले ६२ जना आइसोलेसनमा छन् । अन्य जिल्लाका १० जना गरी बाँकेका आइसोलेसनमा ७२ जना रहेको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई आन्तरिक राजश्व कार्यालय, नेपालगन्ज र खजुरामा रहेका आइसोलेसन सेन्टरमा राखिएको छ ।

लक्ष्ण देखिएका विरामीलाई खजुरा आइसोलेसनमा राखिएको छ भने अन्यलाई नेपालगन्ज आर्दश नगर र लायन्स डेन्टल अस्पतालमा राखिएको श्रेष्ठले बताउनुभयो ।

  • २० श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech