नेपालमा कोरोनाका गम्भीर विरामी कति ? र, कहाँ-कहाँ छन ?

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७७, सोमबार

तस्विरः प्रचण्ड गौतमको फेसबुकबाट भेरी अस्पताल नेपालगन्ज ।

नेपालगन्ज १९, साउन ।
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुग्दा ५८ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमित मध्य ३६ जनाको अवस्था गम्भीर रहेको सरकारले जनाएको छ । उनीहरुको विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटर राखेर उपचार भइरहेको सरकारले जनाएको छ । गण्डकी प्रदेश बाहेक ६ वटा प्रदेशमा ३६ जना संक्रमित आइसियू र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २ जना भेन्टिलेटरमा र ३४ जना संक्रमित आइसियूमा छन्। आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा पाइएको छ। बागमती प्रदेशमा मात्र २१ जना आइसियूमा र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश २ मा ७ जना, प्रदेश १ मा ३ जना संक्रमित अस्पतालको आइसियूमा छन् ।

प्रदेश १ मा एक जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार समेत भइरहेको छ। बाँकी प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा १र१ जना संक्रमित अस्पतालको आइसियूमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

  • १९ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech