नेपालमा आज ४१८ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७७, सोमबार

काठमाडौं १९, साउन ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ३७ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो।

सोमवा थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ। सोमबार ३५८ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १४ हजार ९सय ६१ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ।

  • १९ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech