११ जना संक्रमित थपिए, नेपालगन्जका ९ जना

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७७, सोमबार

नेपालगन्ज १९, साउन ।
भेरी अस्पताल नेपालगन्जमा गरीएको पिसिआर परीक्षणमा थप ११ जजामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्य ९ जना नेपालगन्जका हुन् भने अन्य २ जना सल्यानका हुन् ।

पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का २ जना, वडा नं.४ का २ जना, वडा नं.२० का २, वडा नं. १० का १, वडा नं. १४ का १, वडा नं.१७ का १ जना रहेका छन् ।

१० नं. वडामा संक्रमण पुष्टि भएका बाहेक अन्य सबै पुरुष हुन् । वडा नं. १० मा ३० बर्षीया महिलानमा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जले पछिल्लो पटक सय जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

  • १९ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech