सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७७, सोमबार

वीरगञ्ज १९, साउन ।
पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना छन् ।संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन् ।

संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० देखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा जिल्लाभर विस्तार गरिएको हो ।

  • १९ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech