भेरी अस्पतालमा ६६३ जनाको रिपोर्ट नगेटिभ

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७७, मंगलवार

नेपालगन्ज १६ बैशाख ।
कोरोना भारइसको संक्रमण परीक्षणका लागि भेरी अस्पताल नेपालगन्जमा सञ्चालनमा ल्याईएको पीसीआर प्रयोगशालामा र आरडीटी प्रविधिबाट हालसम्म ६६९ जनाको परीक्षण गरिएको छ ।

परीक्षणका लाागि नमूना लिईएका ६६९ जना मध्ये ६६३ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका कोरोना फोकल पर्सन डा.संकेत रिसालले जानकारी दिनुभयो । छजनाको रिपोर्ट आउन बाँकी रहेको जनाउँदै उहाँले रिपोर्ट आएकाहरु मध्येको हालसम्म सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । हालसम्म बाँकेमा गरिएका परीक्षणहरु मध्ये ५४३ जनाको आरडीटी प्रविधिबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने १२६ जनाको पीसीआरबाट परीक्षण गरिएकोमा १२० जनाको रिपोर्ट नगेटिभ आएको छ ।

पीसीआर प्रविधिबाट ६ वटा नमूनाको परीक्षण भैरहेको पनि उहाँले बताउनुभयो ।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech