नेपालगन्जका वडाअध्यक्षसहित उपमहानगरपालिकाका कर्मचारीमा पनि कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७७, सोमबार

 

 

 

 

 

 

 

नेपालगन्ज १९, साउन ।

नेपालगन्ज उपमहानगरपालिकाका एकजना वडाअध्यक्षलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा ती वडाअध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडाअध्यक्षसहित उपमहानगरपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारीलाई पनि भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । नेपालगन्ज उमहानगरपालिका १ धम्वोजीका ४७ बर्षिय वडाअध्यक्षमा ज्वरो, रुखाखोकी, श्वासप्रश्वास सम्वन्धि लक्षण देखिएको छ ।

अर्का ५९ बर्षका कर्मचारीमा भने लक्षण नदेखिएको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । दुवै जनालाई खजुरा क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । पछिल्लो २४ घण्टामा १९५ जनाको पिसिआर परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । अरु संक्रमित रुकुमका हुन् ।

  • १९ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech