नीजि सवारी साधन चले, जनै र राखी व्यवसाय सन्चालन

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७७, सोमबार

तस्विरः फाइल

नेपालगन्ज १९, साउन ।
बाँकेमा सोमवार (आज) लाई निषेधाज्ञा खुकुलो पारिएको छ । तीन दिने निषेधाज्ञा जारी गरेको स्थानीय प्रशासनले रक्षाबन्धनलाई मध्येनजर गरेर निषेधाज्ञालाई खुकुलो पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले शनिवारराती १२ बजेदेखि तीन दिनका लागि निषेधाज्ञा लागु गरेको छ । अत्यावश्यक बाहेक कुनै पनि क्षेत्र सन्चालनमा रोक लगाइएका बेला रक्षाबन्धनलाई मध्यनजर गर्दै सोमवार भने केही खुकुलो पारिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो ।

उहाँका अनुसार आजको दिन बाँकेमा नीजि सवारी साधन सन्चालनको अनुमति दिइएको छ भने रक्षाबन्धनसंँग सम्बन्धीत व्यवसाय सन्चालन गर्न दिइएको छ । आइतवारको तुलनामा सोमवार आज नेपालगन्जमा केही चहलपहल देखिएको छ । मंगलवार भने निषेधाज्ञामा कडाइ गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो ।

  • १९ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech