के छ क्वाँटीका फाइदा ?

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७७, सोमबार

नेपालगन्ज, १९ साउन ।
हरेक चाडपर्वका आफ्नै विशेष महत्व छन् । चाडपर्व अनुसार खानेकुरा पनि फरक -फरक हुन्छन् । जनै पुर्णिमामा खाने विशेष गरी झोलिलो खानेकुरा हो गेडागुडी । यसमा चना, केराउ, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल, सिमी लगायतका ९ थरिका गेडागुडीको मिश्रणलाई भिजाएर टुसा अंकुराउन थालपछि पकाएर खान योग्य मानिन्छ । लामो समय भिजाएर टुसा आएपछि पकाएको परिकारलाई क्वाँटी भनिन्छ । टुसा पलाएका गेडागुडी मानव स्वास्थ्यको लाागि निकै हितकर हुन्छ । क्वाँटीमा भरपुर मात्रामा प्रोटिन पाउनुको साथै भिटामिन र मिनरल्सको पनि श्रोत हो ।

के छ क्वाँटीका फाइदा ?

  • –कब्जियत हटाउँछ।
  • –पाचनशक्तिमा सुधार गर्छ।
  • –उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।
  • –कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग गर्छ।
  • –शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ।
  • –रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।
  • –स्मरणशक्ति वृद्धि गर्छ।
  • –मानसिक स्वास्थ्यमा सुधार गर्छ।
  • –कुपोषण हटाउन सहयोग गर्छ।
  • –रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा पुर्‍याउँछ।
  • –बच्चाहरूको वृद्धि विकासमा सहयोग गर्छ।
  • –पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ।

  • १९ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech