सुदूरपश्चिममा आज ४८ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७७, आईतवार

धनगढी १८, साउन ।
सुदूरपश्चिम प्रदेशमा आइतवार ४८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको हो।

चार वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३२, डोटीका १२, बझाङका दुई, दार्चुला र बैतडीका एक एक जनामा संक्रमण देखिएको हो। आइतवार ४८ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार सात सय ४० पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८२, अछाममा सात सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ५२, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ७७ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार ४६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

दैनिक संक्रमण बढेपछि सुदूरपश्चिम देशभरीमा सबैभन्दा बढि संक्रमित रहेको दोस्रो प्रदेश बनेको छ। सुदूरपश्चिम प्रदेश भन्दा बढि संक्रमित प्रदेश नम्वर २ मा रहेका छन्।

  • १८ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech