सेती नदीमा बेपत्ता स्वास्थ्यकर्मीमध्ये एक जना अझै फेला परेनन्

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७७, आईतवार

फाइल तस्बिर

डोटी १८, साउन ।

डोटीस्थित सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमध्ये एक जनाको शव अझै फेला पर्न सकेको छैन् । बेपत्ता मध्ये डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव फेला परे पनि हेल्थ असिस्टेन्ट विनय सिंह अझै नपरेको प्रहरीले जनाएको छ।

हरिशको शव घटनास्थलभन्दा निकै टाढा डोटीको केआईसिंह गाउँपालिका नारीदाङमा फेलापरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो। शनिबार डोटी स्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० सेती किनारमा नुहाउन गएका डडेल्धुरा अस्पतालमा कार्यरत चार जनामध्ये तीन जनालाई सेतीले बगाएको थियो ।

मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा बगेकामध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश जोशी र बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट विनय सिंह बेपत्ता हुनुभएको थियो ।

  • १८ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech