सरकारद्धारा आरडीटी परीक्षण बन्द

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७७, आईतवार

काठमाडौं १८, साउन ।
नागरिकहरुको चर्को दवाव र विज्ञहरुको सुझाव पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आरडीटी परीक्षण नगर्न निर्देशन दिएको छ। मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साउन १४ गतेको निर्णय अनुसार सातै वटा प्रदेश, स्थानीय तह र अस्पताललाई आरडीटी परीक्षण नगर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

आरडिटी परीक्षण बन्द गराई पिसिआरको दायरा बढाउन विभिन्न विज्ञहरुले सुझाव दिँदै आएका थिए। यस्तै कोभिड–१९ प्रभावित वीरगञ्ज र जनकपुरमा आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रोहण सिंहको नेतृत्वमा उच्च स्तरीय टोली वीरगञ्ज पुगी काम सुरु गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

  • १८ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech