स्वास्थ्य सेवा विभागद्धारा सबै प्रदेशलाई मातृ सुरक्षा चक्की खरीद गर्न निर्देशन

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७७, मंगलवार

बैशाख १६ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले मातृ सुरक्षा चक्की खरीद गर्न निर्देशन दिएको छ। मन्त्रालयले सातै प्रदेशका प्रदेश आपूर्ति केन्द्रलाई पत्राचार गर्दै मातृ सुरक्षा चक्की खरीद गर्न भनेको हो ।

मन्त्रालयले लकडाउनका कारण घरमा सुत्केरी हुने र उच्च भई मातृम मृत्युदर बढ्ने जोखिम न्यूनिकरण गर्न मातृ सुरक्षा चक्की खरीद गर्न भनेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश आपूर्ति केन्द्रहरुले चालु आर्थिक वर्षको प्रदेशमा विनियोजित बजेटबाटै यथाशिघ्र चक्की खरीद गरी मौज्दात सुनिश्चित गर्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । लकडाउनका कारण यातायातका साधन नचलेका कारण गर्भवतिहरु सुत्केरी हुन र नियमित जाँचका लागि अस्पताल जानसकेका छैनन्। भने, घरमै सुत्केरी हुँदा विभिन्न जटिलता हुने र स्वास्थ्य सेवा उपलब्ध नहुँदा घरमा मातृ मृत्युदर बढिरहेको अधिकारीहरुको आंकलन छ।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech