नेपालमा पहिलोपटक प्लाज्माथेरापीबाट कोरोना संक्रमितको सफल उपचार

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७७, आईतवार

सौजन्य : रविन राज निरौला

काडमाडौं १८, साउन ।
नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ।महाराजगञ्जस्थित टिचिङ अस्पतालमा विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको अस्पतालका डा. सन्तकुमार दासले जानकारी दिनुभयो । यो विधिबाट नेपालमै पहिलोपटक उपचार भएको हो।
डा. दासका अनुसार गत साउन १० गते संक्रमित पुरूष अस्पताल भर्ना हुँदा उनमा निमोनियाको समस्या थियो।उनलाई आइसियूमा राखेर उपचार गरिराखिएको थियो। पछि उनलाई भेन्टिलेटरमा राख्नुपर्ने स्थिति पनि आएको दासले बताउनुभयो ।गत बिहीबार भने निको भएका व्यक्तिको प्लाज्मा संक्रमित पुरूषलाई दिएपछि उल्लेख्य सुधार आएको छ।

अहिले उहाँको निमोनिया पनि ७० प्रतिशत सुधार भएको छ। पहिले ६० प्रतिशत अक्सिजन चाहिएकोमा अहिले २८ प्रतिशतमात्र चाहिएको डा.दासले बथाउनुभयो । अब भेन्टिलेटरमा राख्नुपर्ने अवस्था छैन। साथै दोस्रो पटक प्लाज्मा दिनुपर्ने स्थिति पनि देखिँदैन। प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ।

  • १८ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech