विश्वमा कति पुगे कोरोना संक्रमित ?

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७७, आईतवार

काठमाडौं १८, साउन ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिव दुई करोड नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर संक्रमितको संख्या एक करोड ८० लाख ३९ हजार ५० पुगेको हो। तीमध्य ६ लाख ८९ हजार ९९ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४७ लाख ६४ हजार ५८८ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ५७ हजार ९०५ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २७ लाख ८ हजार ८७६ जना संक्रमित भएकोमा ९३ हजा ६१६ जनाले ज्यान गुमाएका छन्।यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ १७ लाख ५४ हजार ११७ जनामा संक्रमण भएकोमा ३७ हजार ४१५ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ८ लाख ५० हजार ८७० जना संक्रमित भएका छन् भने १४ हजार १२८ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ३५ हजार ६०२ संक्रमित भएकोमा २८ हजार ४४५ जनाले ज्यान गुमाएका छन्। बेलायतमा ३ लाख ३ हजार ९५२ संक्रमित भएकोमा ४६ हजार १९३ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख २२ हजार १८३ छ भने १९ हजार ४०८ जनाको मृत्यु भइसकेको छ।

  • १८ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech