ट्राफिक प्रहरीमा कोरोनाः बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७७, आईतवार

काठमाडौं १८, साउन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ बग्गीखानाका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना अहिले क्वारेन्टिनमा छन्। उनीहरु सबै ब्यारेकमै क्वारेन्टिन बसेका छन् ।

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न र आफूले पनि अरुसँग भेटघाट बन्द गरेको ढकालले जानकारी दिनुभयो । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

  • १८ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech