काठमाडौं १८, साउन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ बग्गीखानाका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना अहिले क्वारेन्टिनमा छन्। उनीहरु सबै ब्यारेकमै क्वारेन्टिन बसेका छन् ।
कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न र आफूले पनि अरुसँग भेटघाट बन्द गरेको ढकालले जानकारी दिनुभयो । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।