बाँकेमा आज थप एकजना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७७, आईतवार

नेपालगन्ज १८, साउन ।

बाँकेमा आइतवार थप १ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएर आइसोलेसनबाट डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पताल खजुराबाट डिस्चार्ज हुनेमा कोहलपुर ८ का ३९ वर्षीय पुरुष छन् । योसँगै बाँकेमा निको हुनेको संख्या ३ सय ८७ पुगेको छ । संक्रमित २ जनाको भने मृत्यु भएको छ ।

बाँकेमा कूल संक्रमित ४ सय ३७ मध्य अव आइसोलेसनमा ५७ जना छन् । ती मध्य ९ जना बाँके बाहिरका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो।

जिल्लाका विभिन्न क्वारेन्टिनमा ११६ जना छन् । संक्रमण फैलिने क्रम बढ्न थालेपछि स्थानीय तहहरुसँग क्वारेन्टिन र आइसोलेसन सेन्टर सन्चालनमा ल्याउन समन्वय र सहकार्य भइरहेका जानकारी दिदै फोकलपर्सन श्रेष्ठले भारत तथा विदेशबाट फर्किनेहरुलाई १४ दिन क्वारेन्टिनमा राख्न अनिवार्य गरिएको बताउनुभयो ।

  • १८ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech