थप एकको मृत्यु, मृतक संख्या ५८ पुग्यो

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७७, शनिबार

तस्विरः फाइल

वीरगञ्ज १७, साउन ।
कोरोनाबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । वीरगञ्ज १६ नगवाका ६८ वर्षीय महिलाको शनिबार मृत्यु भएको हो।

वीरगञ्जस्थित नारायणी कोभिड १९ विशेष अस्पतालको आइसियूमा उपचारका क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो । स्पताल भर्ना भएकी उनको शुक्रबार पिसिआर परीक्षणको पोजेटिभ रिपोर्ट आएको थियो।

यसअघि शुक्रबार बिहान मृत्यु भएकी नगवाकै ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार मात्रै वीरगन्जमा दुई जना महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। योसँगै वीरगञ्जमा मात्रै हालसम्म ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या अव ५८ पुगेको छ ।

  • १७ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech