सुदूरपश्चिममा १५३ थपिए

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७७, शनिबार

धनगढी १७, साउन ।
सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार ६ सय ९२ पुगेको छ। शनिबार थप १ सय ५३ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धुलिखेल अस्पताल र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ६६ जना, बझाङका ५१ जना, अछामका २८ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका १ हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ७०, अछाममा ७ सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय ५२, डडेल्धुराका ३ सय ९, बैतडीका २ सय ९५, बझाङका २ सय ७५ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त हुनेको संख्या पनि क्रमशः बढिरहेको छ।

हालसम्म सुदूरपश्चिममा ३ हजार १० जना निको घर फर्किसकेका छन्। भने ९ जनाको मृत्यु भएको छ। ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी संक्रमित आफ्नै घर आइसोलेसनमा रहेका छन्।

  • १७ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech