कोरोना पुष्टि भएका दुई जना सम्पर्कविहीन

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७७, शनिबार

बुटवल १७, साउन ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आफै परीक्षण गराउन गएका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुटवल उपमहानगरपालिका वडा नं. ६ ठेगाना टिपाएका उनीहरु भने सम्पर्कविहीन छन्। उनीहरुले दिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिनुभयो ।

उनीहरुले ५५ सय रुपैयााँ शुल्क तिरेर शुक्रबार स्वाब दिएका थिए । शनिवार उनीहरुको रिपोर्ट पोजेटिभ आएको डा.गौतमले बताउनुभयो । परिक्षणमा पोजेटिभ देखिएका व्यक्ति नै सम्पर्कमा नआउँदा उनीहरुको ट्राभल हिस्ट्री पत्ता लगाउन समस्या भएको छ।

रोजगारको शिलशिलामा भारतबाट आएका उनीहरुले रोजगारदाता कम्पनीमा जानुअघि परीक्षण गराउन आएको बताएका थिए।

  • १७ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech