पर्सामा शव व्यवस्थापनका लागि खटिएको सुरक्षाकर्मी र स्थानीयबीच झडप, सात प्रहरी घाइते

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७७, शनिबार

वीरगञ्ज १७, साउन ।
पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको छ । झडपमा सात प्रहरी घाइते भएका छन्।स्थानीय बासिन्दो आफ्नो क्षेत्रमा शव गाड्न नदिने अडान लिएपछि घटनाले झडपको रुप लिएको हो।

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न जाँदै गरेको सेना र प्रहरीको टोलीलाई स्थानीयले अवरोध गरेपछि झडप भएको थियो । सो क्रममा प्रहरीले हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको छ।गाउँलेको आक्रमणबाट सातजना प्रहरी सामान्य घाइते भएका पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिनुभयो । हवाई फायर र अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर पारेपछि मात्रै सेनाले वीरगञ्ज–३१ स्थित मिलन चोकको उतर तर्फ रहेको जङ्गलमा तीनजना कोरोना संक्रमितको शव गाडेको थियो।

यस अघि गत साउन १२ गते पनि सोही जङ्गलमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक जनाको शव व्यवस्थापन गर्न पुगेको सेनाको टोलीलाई गाउँलेले अवरोध गरेका थिए।

  • १७ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech