पहिलोपटक संघीय सांसदलाई संक्रमण

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७७, शनिबार

वीरगञ्ज १७, साउन । 

नेपालमा पहिलो पटक संघीय सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवले आफू कोरोना पोजेटिभ भएको आफ्नो फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

यादवले लेख्नुभएको छ, मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। अफूलाई आइसुलेट गरेर अहिले आराममा छु। सांसद यादवसहित उहाँका चालक र अङ्गरक्षकमा समेत कोरोना पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार राति ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिनुभयो ।


संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन्। ३ महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६४ जनामा संक्रमण देखिएको मेसु उपाध्यायले जानकारी दिनुभयो । शुक्रबार राति देखिएका अधिकांश संक्रमितहरु वीरगञ्ज महानगरकै रहेका छन्।

  • १७ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech