बाँकेमा थप पाँचजना डिस्चार्ज, बैजनाथ कोरोनामुक्त

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७७, शनिबार

नेपालगन्ज १७, साउन ।
बाँकेमा शनिवार थप पाँचजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा खजुरा गाउँपालिका वडा नं.३ का २ जना, ४ का १ र ६ का २ जना छन् ।
योसँगै बाँकेमा उपचार पछि निको भएर घर फर्किनेको संख्या ३८६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । बाँकेमा ४३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

संक्रमित मध्ये २ जनाको भने मृत्यु भइसकेको छ । अहिले आइसोलेसनमा बाँकेका ४९ जना सहित बर्दिया, दैलेख, जुम्ला र प्युठानका गरी ५८ जना छन् । तिमध्ये १८ जना महिला हुन् भने ४० जना पुरुष ।

बैजनाथ गाउँपालिकामा भने नयाँ केस भेटिएको छैन् । योसँगै बाँकेका चार स्थानीयतहमा कोरोना संक्रमितका विरामी छैनन् । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा पनि नयाँ केस नदेखिएकाले यी पालिकाहरुलाई अहिले कोरोनामुक्त भनिएको छ ।

  • १७ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech