सुदूरमा ११३ जना थपिए

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

धनगढी १६, साउन ।
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १ सय १३ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६ जना, डडेल्धुरा प्रयोगशालामा १३ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा ४० जना र धुलिखेल अस्पतालमा ३४ जना गरि १ सय १३ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालले बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ र कैलालीका १५ गरी ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार धुलीखेल अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका १८ र दार्चुलाका १६ जनामा पनि कोरोना देखिएको छ भने डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा बैतडीका १० र डोटीका तीन जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रबार नै धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा कैलालीका २३, बझाङका दुई र कञ्चनपुरका एक गरी २६ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका २३ जना मध्ये धनगढीका मात्रै १६ जना छन्।

सेती प्रादेशिक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार धनगढीका ८ जना पुरुष र ८ जना महिलामा संक्रमण पुष्टि भएको छ। यस्तै कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ६ का तीन जना, वडा नम्वर १, २ ७ र ८ का एक÷एक जनामा कोरोना पुष्टि भएको छ।

  • १६ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech