२४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

काठमाडौं १६, साउन ।
पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या अव १९ हजार ७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १५१ जना कोरोना संक्रमित डिस्चार्ज भएको उहाँले जानकारी दिनुभयो। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ३ सय ९९ पुगेको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । लकडाउन खुलेयता मात्र मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

  • १६ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech