पर्सामा थप ४४ जनामा कोरोना पुष्टि, तीन जना चिकित्सक

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

वीरगञ्ज १६, साउन ।
पर्सामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमा तीनजना चिकित्सक रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।\

संक्रमण देखिएका मध्ये नारायणी अस्पतालमै कार्यरत दुई जना डाक्टर वीरगञ्जकै अर्को एक अस्पतालमा कार्यरत डाक्टर रहेको उहाँले जानकारी दिनुभयो । रायणी अस्पताल र एडभान्स अस्पतालमा कार्यरत ६ जना स्टाफ नर्समा समेत संक्रमण देखिएको छ।

कोरोना संक्रमण पुष्टि भएका संक्रमित मध्ये ११ जना महिला छन् । संक्रमतिको उमेर १८ वर्षदेखि ७५ वर्ष छ।

  • १६ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech