कोरोना व्यवस्थापनमा प्रदेश पाँच सरकारले आयुर्वेद चिकित्सालाई अग्रपंतिमा ल्याउँदै

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७७, मंगलवार

बैशाख १६ बुटवल ।
कोरोना भाइरसका कारण बढ्दै गएको तनाब व्यवस्थापन तथा प्रतिरोधात्मक क्षमता बढाउन प्रदेश ५ सरकारले आयुर्वेद चिकित्सा विज्ञानलाई अग्रपंतिमा ल्याउने तयारी गरेको छ।

विश्वका कतिपय मुलुकले कोरोनासँग लड्नका लागि आयुर्वेद चिकित्सा पद्धतिलाई अंगिकार गरेको र सफल हुँदै गएको पाइएपछि प्रदेश ५ सरकारले यसलाई दीर्घकालीन योजनासहित अगाडि बढाउन खोजेको हो। प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सकलाई कोरोनाको लडाईंमा परिचालन गर्ने जनाएको छ। आयुर्वेद चिकित्सामार्फत् मानिसको रोगसँग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उनीहरुलाई परिचालन गर्न लागेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आयुर्वेद चिकित्सा क्षेत्रलाई दीर्घकालीन रुपमा अगाडि बढाउने गरी कार्ययोजना बनाइएको बताउनुभयो। आयुर्वेदिक औषधिको सेवनले मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाब व्यवस्थापनको कामसमेत गर्ने उल्लेख गर्दै अहिलेबाटै आयुर्वेद चिकित्सालाई अग्रपंतिमा राखेर काम गर्न लागिएको उहाँको भनाइ छ। मन्त्री बरालले आयुर्वेदका स्वास्थ्यकर्मीहरुको नेतृत्वमा मनोचिकित्सक र योग प्रशिक्षकहरु पनि परिचालन हुने बताउनुभयो । प्रदेश सरकारले प्रदेश र साविकका अञ्चल स्तरका चिकित्सालयलाई केन्द्रित गरी भौतिक पूर्वाधार, औषधि, उपचार सामग्री र जनशक्ति व्यवस्थापनमा काम गरिरहेको मन्त्री बरालले बताउनुभयो । मन्त्री बरालले जिल्ला स्तरका आयुर्वेदहरुलाई ११ लाख रुपैयाँ निकासा गरी सबै ठाउँमा पठाई सकेको बताउनुभयो । उहाँले प्रदेश ५ को बुटवल र दाङमा आयुर्वेद औषधि उत्पादन गर्ने गरी काम अगाडि बढाएको समेत बताउनुभएको छ ।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech