प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

काठमाडौैं १६, साउन ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिनुभयो ।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । देशभर २५० जना नेपाल प्रहरीका अधिकारीहरु संक्रमित भएको प्रवक्ता कडायतले जानकारी दिनुभयो ।

  • १६ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech