कार्यालय बन्यो आइसोलेसन

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

नेपालगन्ज १६, साउन ।
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका धेरै कर्मचारीमा एकैसाथ कोरोना देखिएपछि कार्यालयलाई नै आइसोलेसन सेन्टर बनाइएको छ । उक्त कार्यालयका ९ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कार्यालयलाई नै आइसोलेसन सेन्टरका रुपमा प्रयोग गरिएको हो ।

आन्तरिक राजश्व कार्यालयका ५ जना अधिकृत, ३ जना सुब्बा र एकजना स्वीपर कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित कर्मचारीसँगै क्वाटरमा बस्ने उनीहरुका थप ४ जना आफन्तमा पनि कोरोना पुष्टि भएको छ । तिमध्ये एकजना अदालतका कर्मचारी रहेको राजश्व कार्यालयका एक अधिकृतले स्वास्थ्य पेजलाई जानकारी दिए । गएको ११ गते एकजना कर अधिकृतमा भाइरस पुष्टि भएपछि उनको सम्पर्कमा रहेका कर्मचारीसहित ५४ जनाको थ्रोट स्वाब लिइएको थियो । तिमध्ये थप १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

एकैपटक धेरै कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयलाई आइसोलेसन सेन्टर बनाएर उनीहरुलाई त्यही राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । त्यहाँ अहिले १२ जनालाई राखिएको छ । सुरुमा भेटिएका संक्रमित एकजना अधिकृतलाई भने खजुरा क्यान्सर अस्पतालमा राखिएको छ ।

  • १६ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech