कपर टि ले यौन जीवनमा असर त पर्दैन ?

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

डा.बालकृष्ण शाह-

अनिच्छित गर्भ रोक्नका लागि कपर टि राम्रो विकल्प हो । कपर टि पछिल्लो समयमा गर्भनिरोधकको सबैभन्दा राम्रो उपाय मानिन्छ । कपर टि लगाएपछि अनिच्छित गर्भ रहने भय हुँदैन । तर, कपर टि लगाइसकेपछि कति दम्पतीमा यस्तो प्रश्न उठ्न सक्छ कि, यसले यौन जीवनमा असर त पर्दैन ?

यौन सम्पर्कका क्रममा  कपर टिमा लगाइएको कप्पर अर्थात तामाको तारले वा तल रहेको प्लास्टिको तारले यौन सम्पर्कमा वाधा उत्पन्न गर्न सक्छ भन्ने डर धेरैमा हुन सक्छ । खासमा कप्परको तार राम्ररी मिलाएको हुन्छ र त्यो पाठेघर भन्दा बाहिर आउदैन र तल रहेको प्लास्टिकको तार चिकित्सक वा स्वास्थ्यकर्मीले मिलाएर काट्नुपर्ने हुन्छ । यो असाध्यै नरम हुन्छ, त्यसैले कुनै नराम्रो महशुष हुदैन । यद्यपी त्यसो भएमा चिकित्सककहाँ सम्पर्क गर्न सकिन्छ ।

रगत आउन सक्छ

नेपालमा उपलब्ध कपर टि मा हर्मोन प्रयोग गरिएको हुदैन । तर बाहिरी मुलुकमा केहि महिला, जसले हर्मोनल आईयूडी लगाएको हुन्छ, यौन सम्पर्कको क्रममा उनीहरुको रगत आउन सक्छ । हरेक महिना मासिक श्रावका साथै थोरै रगत आउन सक्छ । कहिले कहि यौन सम्पर्कको बेला पनि रगत आउन सक्छ । यदि त्यस्तो अवस्थामा आएमा यौन जीवन प्रभावित हुनसक्छ । त्यसैले चिकित्सकको परामर्श लिनुपर्छ ।

डा. बालकृष्ण शाह

यौन जीवनमा असर पर्दैन

हर्मोनल आईयूडी र नन हर्मोनल आइयूडी लगाउनाले यौन जीवनमा खास असर पदैन ।

अनिच्छित गर्भको चिन्ता हुन्न

यस किसिमको आईयूडी लगाएपछि अनप्लान्ड प्रग्नेन्सीको खतरा हुँदैन । यौनमा नयाँ नयाँ प्रयोग गर्न सकिनेछ । जब चक्की लिने वा कन्डम लगाउने चिन्ता हुँदैन भने यौनसम्पर्क अधिक सहज हुन्छ ।

आइयूडी आफ्नै स्थानमा रहन्छ

यदि आईयूडीलाई यूटरसको सहि स्थानमा लगाइएको छ भने हरेक किसिमको यौन पोजिसन प्रयोग गर्न सकिन्छ । यसका लागि कुनै तनाव लिनुपर्ने छैन ।

यसकारण फाइदाजनक

– यो गर्भनिरोधको प्रभावशाली उपाय हो ।

-यो सुविधाजनक हुन्छ, पिल्स लिनेजस्तो झन्झट हुँदैन ।

-महंगो हुँदैन ।

-चिकित्सकद्वारा कुनैपनि समयमा निकाल्न सकिन्छ ।

-तुरुन्तै काम सुरु गर्छ ।

केही सावधानी

कपर टी लगाए पछि कसैकसैलाई सेतो पानी जाने, तल्लो पेट दुख्ने हुन सक्छ । यस्तो भएमा चिकित्सकसंग सम्पर्क गर्नु पर्छ, सबै अवस्थामा कपर टी निकाल्नु पर्दैन । कहिलेकाही कपर टी खसेको हुन सक्छ ।

कपर टी खस्दा आत्तिनु पर्दैन । तर कपरटि नभए पछि परिवार नियोजन नहुने भएकोले अर्को साधन रोज्ने वा फेरि कपर टी लगाउनु पर्छ ।  कपर टी परिवार नियोजनका सबै क्लिनिकहरुमा आवश्यक परामर्श र परिक्षण गरेर लगाउने गरेको छ । अहिले स्त्रीरोग विशेषज्ञहरु आफैले पनि लगाईदिने गरेको छ । यो बच्चा जन्मिने बित्तिकै पनि लगाउन सकिन्छ । नेपाल सरकारका स्वस्थ्य संस्थामा यो सेवा निशुल्क छ भने निजि अस्पतालहरुमा कहि शुल्क लिने गरेको छ ।

  • १६ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech