३ हजारको रिपोर्ट कहिले आउँछ ?

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

धनगढी १६, साउन ।
सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि संकलित ३ हजार थ्रोट स्वाव परीक्षणको पखाईमा छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिह कार्कीका अनुसार, ३ हजार ९  थ्रोट स्वावको नतिजा आउन अझै बाँकी छ। पीसीआरका लागि बिहीबारसम्म संकलित ३६ हजार २ सय ४४ थ्रोट स्वाव मध्ये ३ हजार ९ स्वावको परीक्षण हुन बाँकी रहेको कार्कीले बताउनुभयो ।

संकलित थ्रोट स्वाव मध्य ३३ हजार २ सय ३५ नमुना जाँच गरिएको र ती मध्य २८ हजार ९६९ नमुना नेगेटिभ र ४ हजार २ सय ६६ नमुना पोजेटिभ आएको छ। संक्रमित मध्ये नौँ जनाको मृत्यु भइसकेको छ। अहिले सुदूरपश्चिम प्रदेशका दुई ठाउँमा कोरोना परीक्षण भइरहेको छ । केही दिन भित्र संकलित सबै नमुनाको जाँच सकिने उहाँको दावी छ ।

सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण भएरहेको छ।

  • १६ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech