जगदम्बाका सीईओको पनि कोरोनाबाट मृत्यु

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

तस्विरः फाइल

वीरगञ्ज १६, साउन ।
वीरगञ्जमा रहेको जगदम्बा इन्टरप्राईजेजका सीईओको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। ५६ वर्षीय सीईओको कोरोना संक्रमणका कारण विहीबारराति अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गर्नुभएको हो ।

उहाँका अनुसार सीईओलाई भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको हो। भारतीय नागरिक रहेका उनी मुटु समबन्धी रोगले समेत ग्रसित थिए।यो सँगै बीरगञ्जमा मात्रै एकैदिन कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ। नेपालमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

  • १६ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech