कोरोना अपडेटः वीरगञ्जमा थप दुई जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

वीरगञ्ज १६, साउन ।
कोरोना संक्रमणका कारण वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण एक युवक र एक वृद्ध गरि दुई जनाको मृत्यु भएको हो। मृत्यु भएका दुवैजनामा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैया बस्ने ७० वर्षका वृद्ध रहेका छन्।

नगवाका युवकको उपचारको क्रममा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा बिहीबार राति ८ बजे मृत्यु भएको हो।यस्तै छपकैयाका ७० वर्षका वृद्ध आफनै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका थिए। मृतक वृद्धको पनि स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षणको लागि पठाइएकोमा उनको रिपोेर्ट समेत पोजेटिभ आएको मेसु उपाध्यायले बताउनुभयो ।

दुवै जनाको शव व्यवस्थापनका लागि लागि नेपाली सेनाको जिम्मा लगाइएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५४ पुगेको छ ।

  • १६ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech