देउखुरी आईसोलेसन सेन्टरको ४० लाख खर्च

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

दाङ १६, साउन ।
दाङको देउखुरीमा रहेको राप्ती प्राबिधिक शिक्षालयमा रहेको देउखुरी कोरोना विशेष आईसोलेसन सेन्टरको करिव डेढ महिनाको अवधिमा ४० लाख खर्च गरेको छ।आइसोलेसन सेन्टर व्यवस्थापनदेखि कोरोना संक्रमितहरूको उपचारका लागि उक्त रकम खर्च गरेको आइसोलेसन सेन्टर व्यवस्थापन समितिले जानकारी दिएको छ।

देउखुरीका लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका मिलेर गएको जेठको ३० गतेदेखि सञ्चालनमा आएको थियो। देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टर संचालनको निम्ति संकलन गरिएको रकमको हिसाब खर्च सार्वजनिक गरिएको हो। जसमा सिसि क्यामेरा र विद्युत् उपकरण खरिद, वायरिङ प्लम्विङमा ७ लाख ९८ हजार ४ सय ७८ रुपैयाँ खर्च भएको जनाएको छ।

त्यसैगरी सुरक्षा व्यवस्थापनका लागि पर्खाल तथा टिनको तारवारका लागि २ लाख ४९ हजार ७३ रुपैयाँ, अस्पताल व्यवस्थापन तथा सामाग्री खरिदमा १ लाख २८ हजार ६ सय १५ रुपैयाँ, ल्यापटप प्रिन्टर खरिदमा १ लाख ५० हजार, मेडिकल उपकरण औषधी खरिदमा १ लाख ९२ हजार १ सय २० रुपैयाँ, खाना तथा घर भाडा खर्चमा २ लाख १९ हजार ५० रुपैयाँ, आईसोलेशन खाजा खर्चमा १ लाख ९९ हजार ३ सय २०, इन्धन खर्चमा ३६ हजार गरि कुल ४० लाख खर्च भएको जानकारी दिएको छ।

राप्ती गाउँपालिकाको कोरोना विपद् व्यवस्थापन समितिले थप ३० हजार १ सय ९२ रुपैयाँ बढी खर्च भएको बताएको छ। हालसम्म लमही नगरपालिकाभित्र १५ जना, राप्ती गाउँपालिका २७ जना, गढवा गाउँपालिकाका २९ जना र राजपुर गाउँपालिकाका १५ जना कोरोना भाइरस विरामीहरू निको भएर घर फर्किएको देउखुरी कोरोना आईसोलेशन सेन्टरका प्रमुख डाक्टर पुष्प भुषालले जानकारी दिनुभयो ।

  • १६ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech