कोरोना अपडेटः नेपालमा २७४ थपिए

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७७, बिहीबार

काठमाडौं १५, साउन । 

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीका २, झापाका ४, उदयपुरका २, सर्लाहीका ५, मोरङका २, धनुषाका १४, महोत्तरीका ४, बाराका १८, पर्साका ६६, नवलपरासीका १, भक्तपुरका २, काठमाडौँका ४१, ललितपुरका २, चितवनका १, दोलखाका १, गोर्खाका १, महोत्तरीका १, रौतहटका २, सप्तरीका २, नवलपरासीका ६, अर्घाखाँचीका १ र कपिलवस्तुका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै प्युठानका ३, दाङका १, धादिङका ४, खोटाङका १, नुवाकोटका २, महोत्तरीका १, लमजुङका ३, कास्कीका ३,बागलुङका ६, तनहुँका ३, स्याङ्जाका १२, बाँकेका २०, बर्दियाका ८, दाङका २, कञ्चनपुरका २, रुपन्देहीका १, मुगुका १, सल्यानका ३, सुर्खेतका ९, दैलेखका १०, जाजरकोटका १, डढेल्धुराका २, दार्चुलाका १ र कैलालीका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालका कोरोना भाइरसको संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय २७ जना डिस्चार्ज भएको बताउनुयभो । यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ।

  • १५ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech