कोरोना अपडेटः कर्णालीमा २२ थपिए, १५ घर गए

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७७, बिहीबार

सुर्खेत १५, साउन ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १० जना, सुर्खेतका ७ जना, सल्यानका ३ जना, जाजरकोट र मुगुका एकरएकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९३७ पुगेको छ ।

यस्तै, कर्णालीमा बिहीबार थप १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६९७ पुगेको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २३४ जना आइसोलेसनमा रहेका छन् ।

  • १५ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech