कोरोना नियन्त्रणमा नखटिने २५ स्वास्थ्यकर्मी पक्राउ

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७७, बिहीबार

वीरगञ्ज १५, साउन ।
वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटाएको भनिएका कर्मचारीहरु काममा नआएपछि उनीहरुलाई पक्राउ गरिएको छ।महामारीको अवस्थामा काममा विभिन्न बहानाबाजी गरेर काममा नखट्ने कर्मचारीलाई समातेर ल्याउन प्रशासनले आदेश दिएपछि २५ जनालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो । अरु ५ जनाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रशासनले कोभिड महामारीमा खटाउन कर्मचारी माग गरेपछि महानगरपालिकाले ३० जना कर्मचारीको विवरण अस्पतालमा पठाएको थियो । जसमध्ये ४ जना जनस्वास्थ्य निरीक्षक, ११ जना सिनियर अहेब , ६ जना हेल्थ असिस्टेन्ट, ५ जना अहेब र ४ जना अनमी पठाएको थियो ।
तर अस्पतालबाट उनीहरुलाई सम्पर्क गर्दा कसैले पनि सकारात्मक जवाफ नदिएको तितो अनुभव नारायाणी अस्पतालका डा‍. उदय नारायाण सिंहसँग छ ।

‘केहिले हामीले काज सरुवाको पत्र बुझेकै छैनौं, किनकी पहिलाको भत्ता दिएका छैनौं, त्यसैले आउन सक्दिनौं भने । केहिले व्यक्तिगत र परिवारिक स्वास्थ्य समस्या देखाए ।’ उहाँले भन्नुभयो ‘ कोहि पनि आउन तयार रहेनछन् । त्यसपछि मेसु सर र प्रशासनलाई जानकारी गराएको हुँ ।’ नारायणी अस्पतालमा स्वाब संकलन, थप आइसोलेसन व्यवस्थापन, अस्थयी कोभिड अस्पतालमा आवश्यक जनशक्तिको अभाव छ । त्यसका लागि स्थानीय प्रशासनले महानगरपालिकासँग कर्मचारी मागेको थियो ।

  • १५ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech