बाँकेमा तीन दिन निषेधाज्ञा

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७७, बिहीबार

तस्विरः फाइल

साउन १५, नेपालगन्ज ।
लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर आइतवारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने भएको छ । लक्षण भएका संक्रमित देखिन थालेपछि नेपालगन्जमा कोरोना भाइरसका कारण सर्वसाधारणको स्वास्थ्य जोखिम देखिए पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने भएको छ ।

बाँकेमा लक्षण देखिएका संक्रमित फेला पर्नु जोखिमयुक्त देखिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहीबार बसेको बैठकले आइतबारदेखि तीन दिन निषेधाज्ञा जारी गर्ने भएको छ । निषेधाज्ञा उल्लंघन गरे पक्राउ गरि कारबाही गरिने बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले बताउनुभयो ।

कुरूम्वाङले लकडाउन खोलेसँगै नेपालगन्जमा कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि आइतबारदेखि पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको उहाँको भनाइ छ । बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । सरकारले लकडाउन खोलेसँगै बाँके कोरोनाको अत्याधिक जोखिममा देखिएको छ । लकडाउनपछि गरिएको परीक्षणका क्रममा दैनिकजसो कोरोना संक्रमित भेटिएका छन् ।

  • १५ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech