बाँके प्रहरीद्धारा मास्क वितरण

    • स्वास्थ्य पेज

  • १४ श्रावण २०७७, बुधबार

नेपालगन्ज १४, साउन ।
बाँके प्रहरीले बुधवार नेपालगन्जको सडकमा बसेर मास्क वितरण गरेको छ ।कोरोनाको जोखिम बढिरहेकाले प्रहरीले मास्क वितरण गर्दै सामाजिक दुरी कायम गर्न र सेनिटाइनजरको प्रयोग गर्न आग्रह सहित धम्वोजीमा मास्क वितरण गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, प्रहरी प्रमुख एसपी ओमबहादुर राना, सशस्त्रका एसपी दीपक अधिकारीको उपस्थितिमा प्रहरीले सडकमा मास्क नलगाई हिडेकालाई मास्क दिएको हो ।बाँके प्रहरीले केही दिन यसरी जनचेतना बढाउने र त्यसपछि कारबाहीको चरण अघि बढाउने रणनीति बनाएको एसपी रानाले बताउनुभयो ।

नेपालगञ्ज बजारमा मास्क नलगाई हिड्नेहरु बढ्दै गर्दा जोखिम बढाएको छ ।

  • १४ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech