बाँकेमा आज ६ जनाले कोरोना जिते

    • स्वास्थ्य पेज

  • १४ श्रावण २०७७, बुधबार

तस्बिर :फाईल

नेपालगन्ज १४, साउन ।
बाँकेमा बुधवार थप ६ जना कोरोना भाइरस संक्रमण जितेर आइसोलेसनबाट डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा निको हुनेको संख्या ३ सय ७९ पुगेको छ ।
बुधवार डिस्चार्ज भएकाहरुमा कोहलपुरका ५ जना र नेपालगन्जका १ जना रहेका छन्।

बाँकेमा कूल संक्रमित ४ सय ५ मध्ये अव आइसोलेसनमा २६ जनामात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । तिमध्ये प्यूठान र जुम्लाका एकएक जना रहेको श्रेष्ठले बताउनुभयो । ८ महिला र १८ पुरुष अहिले आइसोलेसनमा छन् । बाँकेका ८ वटा पालिकामध्ये नेपालगन्ज उपमहानगरपालिकाका ८, कोहलपुर नगरपालिकाका ३, खजुरा गाउँपालिकाका ८, राप्तीसोनारीका ४ र बैजनाथका १ जना रहेका छन्। नरैनापुर, जानकी र डुडुवा गाउँपालिकामा भने नयाँ संक्रमित थपिएका छैनन् । यी पालिका कोरोनामुक्त भइसकेका छन् ।

  • १४ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech