स्याङ्जाका ३७ प्रहरी कोरोना संक्रमित

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७७, मंगलवार

स्याङ्जा १३, साउन ।

मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्‍या ३७ पुगेको छ ।प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा एक जना प्रहरीको छोरीमा संक्रमण पुष्टि भएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिनुभयो ।

९९ जनाको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयमा एक तिहाइ भन्दा बढी जनशक्ति संक्रमित भएका हुन् । स्याङ्जाका प्रहरी प्रमुख विमलराज कँडेलसहितका प्रहरी अधिकारी सेल्फ आइसोसेलनमा छन् ।
निषेधाज्ञामा_कडाइ
सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासनले अघोषित रुपमा जिल्ला नै सिल गरेको छ । आवतजावतमा पूर्ण सुरक्षा कडाइ गरेको छ । अत्यावश्यकबाहेक अन्य कामले बाहिर ननिस्कन र अटेरी गरे कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दिएको छ ।
बागलुङमा_६_जना
बागलुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा निसी खोला गाउँपालिकाका ५ जना पुरुष र बरेङ गाउँपालिकाका एकजना छन् ।

  • १३ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech