कोरोना भाइरसबाट बच्न स्वास्थ्य मन्त्रालयको १२ सुझाव

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७७, मंगलवार

काठमाडौं १३, साउन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यलयमा काम गर्ने कर्मचारीलाई कोरोना भाइरसबाट बच्नको लागि १२ वटा सुझाव दिएको छ। मंगलबार मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले सुझाव दिनुभयो । नेपालमा कोरोना संक्रमणको जोखिम कायम नै रहेको भन्दै डा. गौतमले कोरोनाको जोखिम रहेसम्म आफ्नो आनीबानीमा परिवर्तन ल्याउनु पर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले दिएको यि १२ सुझाव :

१. कार्यलय परिसर भित्र छिर्ने सबै कर्मचारीको अनिवार्य तापक्रम जाँच गर्ने,
२. नाक र मुख छोपिने गरी मास्क लगाएको व्यक्तिलाई मात्र कार्यलय भित्र प्रवेश गराउने,
३. साबुन पानीले हात धोएर वा तथा अल्कोहल भएको सेनिटाइजर प्रयोग गरेपछि मात्र कार्यलय भित्र प्रवेश गराउने,
४. सकेसम्म प्रविधिको प्रयोग गरी व्यक्तिगत भेटघाट सम्पर्कलाई कम गर्ने,
५. सकेसम्म अनलाइन प्रविधिको प्रयोग गरेर बैठक सञ्चालन गर्ने,
६.बैठक वा सभामा १५ जनाभन्दा बढीलाई समावेश नगराउने,
७.हरेक सहभागी बीच २ मिटरको दुरी अनिवार्य कायम गर्ने,
८.रुवाखोकी वा ज्वारो आएको कर्मचारीलाई स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी सँग सम्पर्कमा रहि अलगै स्वास्थ्य संस्था वा घरमा बसी आराम गर्ने वातावरण मिलाउने,
९.कार्यलय परिसरमा भित्र सबै जनाले अनिवार्य नाक,मुख छोपिने गरी मास्क लगाउने,
१०.कर्मचारीलाई कोभिड १९ को रोकथामको बारेमा बेला–बेलामा अभिमुखीकरण गर्ने,
११.सेवाग्राही सम्बन्धित कार्यलयले सेवाग्राहीहरुले मास्क लगाएको , कम्तीमा दुई मिटर दुरी कायम गरेको सुनिश्चिता गर्ने,
१२.सेवाग्राही सँग प्रत्यक्ष सम्पर्कमा आउने कर्मचारीलाई उचित व्यक्तिगत सुरक्षा–साम्रगीको व्यवस्था गर्ने,

  • १३ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech